काठमाडौं ।सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेललाई नियुक्त गरेको छ ।
मंगलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता र कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सदस्यमा भने रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त भएका छन् ।
अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि गरेका उनका आर्थिक विषयमा लेख तथा शोधहरु प्रकाशित छन् ।
यसैबीच सोही बैठकले दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । उक्त बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचन र गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गरेको छ ।
त्यसैगरी उक्त बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महीना सेवाबाट निवृत्त हुँदैछन्।