चितवन – चितवनमा बैंकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा खैरहनी नगरपालिका ५ का ३५ वर्षीय अनिल अधिकारी रहेका छन ।
उनलाई सोमबार बिहान ९ः४५ बजे उनको घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पक्राउ परेका अधिकारीलाई उच्च अदालत पाटनले २०७७ माघ २२ गते बैंकिङ कसुर मुद्धामा ७ दिन कैद र २ लाख जरिवाना तोकेको थियो ।