काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदातलबाट पनि सफाइ पाएका छन् ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासबाट महराले सफाइ पाएका हुन् । न्यायाधीशद्वयको इजलासले यसअघि काठमाडौ जिल्ला अदालतले गरेको फैसला सदर गरिदिएको हो ।
महरा सभामुख भएकै बखत रोशनी शाहीले बलात्कार प्रयास गरेकोे आरोप लगाएपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उनीविरुद्ध अदालतमा मुद्दा दायर भएपछि महराको सांसद पदसमेत निलम्बन भएको थियो । तर, काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको सांसद पद निलम्बनमुक्त भएको थियो ।
सरकारवादी मुद्दामा हार भएका कारण महराविरुद्ध उच्च अदालत पाटनमा पुनरवेदन गरिएको थियो ।