चितवन । चितवनको राप्ती नगरपालिकामा ट्रकको ठक्करबाट एकजना ज्यान गएको छ । राप्ती ७ को वीरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार रहेका एकको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५९८६ नम्बर प्लेट भएको ट्रकले सोही दिशा हुँदै जाँदै गरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बर प्लेटको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटरमा सवार राप्ती ६ हर्दी मा बस्ने बर्ष २४ को रमिता तामाङ कुँवरको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारको क्रममा ४ बजे ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक उनका पति वर्ष २८ को सुशील कुँवर भने घाइते भएका छन् । दुर्घटनापछि स्थानीयले पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।