काठमाडौं । हत्याको अभियोगमा तीनजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय प्रदीप सुब्बाको हत्याको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–१४ मण्डप टोलका ४४ वर्षीय मंगलसिंह लिम्बु, सोही उपमहागरपालिका–१४ पिण्डेश्वरीका २० वर्षीय भरत भुजेल र सोही उपमहानगरपालिका–४ दानाबारीका ५४ वर्षीय जन्तरे भन्ने रामकुमार राई रहेका प्रहरीले जनाएको छ ।
सोही उपमहानगरपालिका–४ दानाबारीको बैदाप खोपमा जेठ ५ गते सुब्बाको शव फेला परेको थियो । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।