, चितवन । चितवनमा एकबर्षमा झण्डै चौबीससय नयांँ उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालय, चितवनका अनुसार गत आर्थिक बर्ष ०७७,०७८ मा सबै प्रकृतिका उद्योग गरी २ हजार ३९६ वटा उद्योग दर्ता भएका हुन् ।
सबैभन्दा बढी कृषिजन्य उद्योग
जिल्लामा गत आवमा दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा बढी कृषिजन्य एक हजार ७०२ उद्योग दर्ता भएका छन । भने सबैभन्दा कम एउटा मात्र उद्योग उर्जामुलक उद्योग दर्ता भएको छ । यसैगरी सेवामुलक उद्योग २९० वटा,उत्पादनमुलक उद्योग २४५ वटा,पर्यटनमुल उद्योग १५८ वटा दर्ता भएका छन ।
कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्र सरकारको र वित्तिय संस्थाहरुको समेत प्राथमिकताको क्षेत्र परेकोले कृषिजन्य उद्योगको संख्या अन्य उद्योग क्षेत्रको भन्दा बढी भएको बताए । ‘कृषिक्षेत्रमा अनुदान पनि छ , सहुलियत ऋण पनि उपलब्ध छ , उनले भने, अन्य व्यवसाय भन्दा जोखिम कम र काम गर्न सजिलो पनि छ ।’ कृषि क्षेत्र परिवारको कुनै पनि सदस्यले न्यूनतम ज्ञानको आधारमा पनि गर्न सकिने भएकोले र चितवन कृषिको लागि उर्वर भूमि भएकोले पनि कृषिजन्य उद्योग दर्ता गर्नेको संख्या अन्यको तुलनामा बढी देखिएको हो ।
गत आवमा खनिजजन्य उद्योग, निर्माणमुलक उद्योग र विज्ञान तथा सूचना प्रविधिजन्य उद्योग शिर्षकमा भने उक्त बर्ष कुनैपनि उद्योग दर्ता नभएको तथ्यांक छ । गत आव दर्ता भएका उद्योगहरुको स्थिर पूंँजी २ अर्ब ९६ करोड ९६ लाख ३२ हजार रुपैंया, चालु पूंँजी २ अर्ब ६६ करोड २३ लाख ९३ हजार र कुल पूंँजी ५ अर्ब ६३ करोड २० लाख २५ हजार रुपैंया रहेको कार्यालयले जानकारी दिएको छ । ती उद्योगहरुको बार्षिक उत्पादन क्षमता १६ अर्ब १३ करोड ३६ लाख ७ हजार पँंाँचसय रुपैयांँ बराबर रहेको छ ।
कार्यालयका लेखा प्रमुख नारायण लम्सालले लकडाउन र निशेधाज्ञाका कारण गत आवमा झण्डै ६ महिना कार्यालय बन्द भएकोले अघिल्ला बर्षहरुभन्दा गत आवमा उद्योग दर्ताको संख्यामा कमी आएको जानकारी दिए । सोही अनुसार कार्यालयको राजश्व संकलन, पूंँजी,उत्पादन क्षमतामा समेत ह्रास आएको लम्सालको भनाई छ ।
महिला उद्यमी संख्या बढी
गत आवमा दर्ता भएको उद्योगहरुमा पुरुष उद्यमीको संख्या भन्दा बढी महिला उद्यमीको संख्यामा बृद्धि भएको पाईएको छ । कार्यालयको तथ्यांक अनुसार सो आवमा १ हजार ४६९ महिला उद्यमी र १ हजार १५२ पुरुष उद्यमी थपिएका छन । उक्त बर्षमा थपिएका उद्योगहरुमा महिला र पुरुष गरी ७ हजार ६५७ जनाले रोजगारी पाएका छन । पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट थप सहुलियत उपलब्ध हुने भएकोले महिला उद्यमीको संख्या पुरुषको तुलनामा बढी भएको लम्सालले बताए । ‘महिलालाई सहुलियत र सुविधा पनि बढी छ उनले भने, दर्ता भएका उद्योगहरुमा महिलाले उद्यम गर्ने प्रकृतिका उद्योगहरु पनि बढी दर्ता छन ।’
अधिकांश महिलाहरुले आफ्नो नाममा उद्योग दर्ता गर्ने र श्रीमान वा घरका अन्य सदस्यहरुलाई सक्रिय बनाउने गरेको उनको भनाई छ ।
उद्योगमा हाल ५ लाख देखि पांँचकरोड पूंँजी भएका उद्योगहरु दर्ता हुंँदै आएका छन ।
पांँच लाखभन्दा तल पूंँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछ । कार्यालयमा हाल पांँचलाख देखि २० लाख पूंँजी भएका उद्योग दर्ता गर्न १२ हजार रुपैंया, २० लाख ५० लाख पूंँजी भएका उद्योग दर्ताका लागि २० हजार , ५० लाख देखि १ करोडसम्म ३० हजार र १ करोड भन्दा माथि पांँच करोडसम्मका उद्योगका लागि ५० हजार रुपैंया दर्ता शुल्क लाग्ने गर्दछ ।