चितवन । कोरोना संक्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् ।
कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।
गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । यही साउन महीनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शुन्य भएकामा क्रमशःबढ्दै गएर प्रतिगोटा ७० रुपैयाँ पुगेको छ ।
सोमवारदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० ओटाको) ३८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक संघले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो । केन्द्रीय अध्यक्ष शिवराम केसीका मागअनुसार अण्डा पु¥याउन कठिन भएको बताए । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ ।
अन्य समयमा यो संख्या ४७ लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए । निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट ३३० रुपैयाँसम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट ३६० रुपैयाँ हाराहारी पर्ने उनको भनाइ छ । बजारको मागअनुसार दररेट बढाइएको उनले बताए।
कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । पहिराले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पु¥याउन सकिएको र साउन महीनामा समेत अण्डाको माग बढेको उनले बताए । रासस