काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा चितवनका विकासराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गोकुल ढकालले २२ र अनुज थापाले २१ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, सचिवमा कल्पना घिमिरे विजयी भएका छन् ।
कोषाध्यक्षमा प्रभात भट्टराई निर्वाचित हुँदा क्षेत्रीय संयोजकमा शिव नेपाल (पश्चिम), लीलादेवी ओझा (डीसी मेट्रो, गोकुल श्रेष्ठ (उत्तरपूर्व) र सुरज पण्डित (दक्षिण)मा चयन भएका छन् ।
निर्वाचन प्रक्रियामा भाग लिएर अन्तिम समयमा आफ्नो समर्थनमा मनोनयन दर्ता फिर्ता लिएकोमा विष्णुहरि घिमिरेलाई नवनिर्वाचित अध्यक्ष न्यौपानेले आभार प्रकट गरेका छन् ।
“नेपाल अमेरिका पत्रकार संघ नेजाको नेतृत्व गर्ने मौका दिनुभएकोमा सम्पूर्ण नेजामा आवद्ध सञ्चारकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु,” नवनिर्वाचित अध्यक्ष न्यौपानेले विज्ञप्ति जारी गर्दै भनेका छन्, “निर्वाचन एउटा प्रक्रिया मात्र भएकाले यो प्रक्रिया समापन भइसकेको छ ।”
सहमतिका लागि अन्तिमसम्म प्रयास गरे पनि सहमति वन्न नसकेर निर्वाचनमा जानु परेको उनले प्रष्ट पारेका छन् ।
उनले अधिवेशनका लागि सहयोग गर्ने भर्जिनिया, डिसी मेटो एरियाका संस्थापक, पूर्व अध्यक्ष, पूर्व कार्यसमितिलगायत सञ्चारकर्मीहरुलाई धन्यवाद दिएका छन् ।