चितवन । चितवनको सामुदायिक विद्यालय नारायणी नमुना माविले उत्कृष्ट नतिजा ल्याएको छ । यस पटकको एसईई परीक्षामा नारायणी नमुना माविले सामुदायिकतर्फ ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा ल्याएको हो ।
नारायणी नमुना मावि ३८२ जनाले एसईई दिएका मध्ये ९३ जनाले ‘ए’ प्लस ल्याएका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार १०९ जनाले ‘ए’, ८४ जनाले ‘बी’ प्लस, ५० जनाले ‘बी’ र ४३ जनाले ‘सी’ प्लस र ३ जनाले ‘सी’ ल्याएका छन् । डि, डि प्लस, ई प्लस ल्याउने विद्यार्थी एक जना पनि छैनन् ।
प्रधानाध्यापक दवाडीले सामुदायिकतर्फ यति धेरै विद्यार्थी एसईईमा सहभागी भएर उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनका अनुसार नारायणी नमुना माविमा हाल २२ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।