काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतवार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ भोजपुरका हुन् । उनी कांग्रेसका समानुपातिक सांसद हुन् ।