कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् भने चितवनबाट एक जना पक्राउ परेका छन् ।
नवलपुर प्रहरीले चेकजाँचको क्रममा कावासोती–२ फलफूल चोकबाट ना ५ ख ३६९२ नम्बरको बसमा आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका ३ सहिदचोक निवासी १८ वर्षीय सुनिल गुरूङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले फेनारागन १ सय १२ एम्पुल, बुफ्रिन १ सय १२ एम्पुल र डाइजापाम १ सय १२ एम्पुल बरामद गरेको जनाएको छ । त्यसैगरी प्रहरी चौकी अरूणखोलाले मध्यविन्दु नगरपालिका–१५ माथिल्लो भिउरान बस्ने वर्ष १८ को सुदीप पाल्पालीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
शंका लागि चेकजाँच गर्दा उनको साथबाट र बस्ने घरबाट नाइट्रो भ्याट १४ पत्ता अर्थात २१० पिस, स्पास्मो १२ पत्ता अर्थात् ९६ पिस र कोरेक्स दुई बोतल बरामद गरेको हो ।