नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादकपदार्थ सेवन गरेर झगडा गर्दा पाँचमहिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादकपदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँचमहिने बालिकाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँचमहिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए । पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताए ।
घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए । रासस