काठमाडौं । प्रहरीले ४० लाख रुपैयाँभन्दा बढी रकमसहित शनिबार झापाबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–२, बेलाइतिबारी बस्ने ५० वर्षीय गौरी मण्डल छन् । भारतबाट नेपालतर्फ लुकाइछिपाइ ल्याउँदै गरेको स्रोत नखुलेको ४० लाख ३७ हजार ६७० रुपैयाँसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
मण्डललाई आवश्यक कानुनी कारबाहीको लागि आइतबार (भोलि) भद्रपुर भन्सार कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।