चितवन । बिहिबार बिहान सांँढ ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडांँडामा मृत भेटिएका नेपाली सेनाका दि फेमस महेन्द्र दल गण,टोखामा कार्यरत हुद्धा भरत गुरुङ्गको हत्या आरोपमा सोही गणका सैनिक जवान चितवनका गंगाधर ढकाल पक्राउ परेका छन । आज जिल्ला प्रहरी कार्यालय, चितवनमा पत्रकार सम्मेलन गरी घटनाको बिषयमा जानकारी दिएको हो । पैसाको विषयमा घटना घटेको प्रहरीको अनुमान छ । धादिङ्गका नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का मृतक सेनामा कार्यरत गुरुङ्गको सोझोपन र रक्सीको कुलतमा फसेको कमजोरीको फाइदा ढकालले लिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मृतकको ग्लोबल आइएमइ बैंकको खाली चेक लिएर गंगाधर साउन २ गते चितवन आएको र साउन तीनगते फर्जी नाम र ९ लाख अंक भरी गुरुङ्गको किर्ते हस्ताक्षर गरी ९ लाख रुपैयांँ निकालेका थिए ।
एक लाख आफैले राखेको , २ लाख बुबालाई दिएको र ६ लाख श्रीमतीलाई ढकालले दिएको अनुसन्धान गर्ने क्रममा खुलेका चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारील बताए । सेनामा कार्यरत हुंँदा घरमा पैसा दिन नसकेको र अहिले दायित्व पुरा गर्न जम्मा गरेको पैसा ढकालले घरमा दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार गुरुङ्गले पहिल्यैदेखि चितवनमा जग्गा लिन खोजेको र यही शिलशिलामा गुरुङ्गले ढकाललाई काठमाडौं लिन बोलाएको प्रहरीले बताएको छ । मोटरसाइलकमा पुनः चितवन फर्केका दुईजना चितवनको साउन पांँच गत चितवनकै एक होटलमा बास बसेका थिए । साउन ६ गते गुरुङ्गले लिएर आएको झोला मृतक गुरुङ्गकै माइला बुबा भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित रबिन गुरुङ्गका राखेर दुबैजना घुम्न बजार तिर निस्केको प्रहरीले जानकारी दिएको छ ।
‘घटना घट्नु भन्दा अघिल्लो दिन ढकालले खाजा खाने बहानामा बाहिर निस्किएर अत्यधिक मदिरा सेवन गराएका थिए । ढकाल अलि चलाख धुर्त देखिन्छ । उसले प्रमाण छल्न रातभर मोटरसाइकलमा राखेर चितवनका विभिन्न ठाउंँमा घुमाएको देखिन्छ । जसले गर्दा उनीहरु कतै सुतेको प्रमाण नभेटियोस ।’ प्रहरी उपरीक्षक अधिका।रीले भने ।
अधिकारीका अनुसार असार ७ गते बिहान ५ बजेतिर सिमलडांँडामा पिसाब फेर्ने बहानामा मोटरसाइलकबाट ओर्लिएर पिसाब फेरी आफ्नो झोलामा रहेको एसएमजीमा गोली लोड गरी पछाडि बसेका गुरुङ्गको दाहिने कानमा फायर गरेको र गुरुङ्ग लडेपछि नजिकै पानी बगेको कुलोमा शब फ्यांकेर हिडेको प्रहरीले बताएको छ ।
उसले आफ्नो अपराध छिपाउन हदैसम्मका प्रयाु गेको प्रहरी उपरीक्षक अधिकारीले बताए । ’मोटरसाइकल र जुत्तामा लागेको रगत पखाल्न बीस हजारी ताल जाने पर्खालको झाडीमा मा एसएमजी फालेर सौराहा दिदीको घरमा रगत लागेको कपडा र जुञ पखालेर मृतकलाई किनिदिएको नयांँ जुत्ता लगाएको र आफ्नो धोएर सुकाएको देखिन्छ ।’ प्रहरी उपरीक्षक अधिकारीले भने । ढकालले आफ्नो अपराध छिपाउन अन्य हर्कत र उपाय गरेको देखिन्छ । जसले गर्दा हिजो दिउसोसम्म पनि प्रहरीलाई अपराधी पक्राउन गर्न हम्मे परेको देखिन्छ । उसले प्रहरीले फेरी मोटरसाइकलको आधारमा पक्रिन सक्छ भन्ने अनुमान गरी भरतपुरकै एक ग्यारजमा काम गर्ने भाइको मोटरसाइकल लिएर हिंडेका थिए ।
‘यो मोटरसाइकल एकछिन यही राख्छु है भनेर आफ्नो छोडेर भाई भन्नेको लगेको छ ।’ अधिकारीले भने । प्रहरीले पछ्याउंँदै जांँदा प्राप्त प्रमाणका आधारमा हिजो सात गते दिउसो भरतपुर महानगरपालिका वडा नम्बर २० बाट बर्ष २६ का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट गोलीको खोका थान १ (एक)
बिसहजारी ताल गेट नजिकबाट एसएमजी हतियार एक थान,,दिदीको घर सौराहाबाट ऐ. के गोली ७ राउण्ड , झोला , जुत्ता मोटरसाइकल एक थान,सेनाको कम्याट चुस्ता एक थान , हत्यामा प्रयोग भएको एसएमजी हतियार नेपाली सेनाको हतियार रहेको प्रहरीको भनाई छ । पैसाको बिषयमा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यो घटनामा ढकाल दोषी ठहरिएमा मुलुकी अपराध संहिता, २०७४ परिच्छेद –१२ ज्यान सम्बन्धि कसूर अन्तर्गत दफा १७७ अन्तर्गत जन्म कैदको व्यवस्था रहेको छ ।