चितवन । लामोसमयसम्म अनुसन्धानको बिषय र अन्यौलको बिषय रहेको सुजिता मृत्यु प्रकरणमा सुजिताको आफ्नै ठूलो बुबाको छोरालाई प्रहरीले पक्राउ गरेको छ । आज प्रहरीले कार्यालयमा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएको हो । मृतक सुजिताको पृष्ठभूमि लगायत अन्य गतिविधिको सूक्ष्म अनुसन्धान गर्ने क्रममा ठूलो बुबाको छोरा सचिन भनिने शुकदेव भण्डारी संँग अनैतिक सम्बन्धले घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए । उनका अनुसार सुजिता पढ्नको लागि काठमाडौंमा दिदिको घर जान्छु भन्दै गएको र केही दिनपछि पछि शुकदेवलाई अलग्गै कोठा खोज्न लगाई संँगै बसेको प्रहरीले जानकारी दिएको छ
’सुजिता पढ्नका लागि काठमाडौं जाने योजना र शुकदेवसंँग संँगै बस्ने योजना बनाएको देखिन्छ ।’ प्रहरी उपरीक्षक अधिकारीले भने ।
। सम्बन्ध शारिरीक रुपमा परिणत भएपछि नैतिक तथा सामाजिक डरले सुजिताले पटक पटक बिहे गर्न दबाब दिदै आएको र उनीहरुले विभिन्न विकल्प खोजेको प्रहरीको अनुसन्धानले देखाएको छ । ‘उनीहरुले कि विदेश गएर संँगै बस्ने योजना बनाएको या अपहरणको नाटक गरी कसैले थाहा नपाउने ठाउंँमा गएर बस्ने योजना बनाएको देखिएको छ ।’ प्रहरी उपरीक्षक अधिकारीले भने । दुईजना बीच बिहेको बिषयमा विवाद हुंँदा असार ९ गते सुजिताले मर्छु भनेर घुर्कयाएको र शुकदेवले जेसुकै गर भनेपछि उनीहरुबीच त्यो दिनबाट दोहोरो संवाद नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौंबाट प्रहरीले साउन ७ गते सांँझ शुकदेवलाई पक्राउ गरी थप अनुसन्धानको लागि ल्याइएको छ । चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आत्महत्या दुरुत्साहन ठहर भएमा पांँचबर्ष कैद र ५० हजार रुपयांँ जरीवानाको व्यवस्था रहेको छ ।
शुकदेव भण्डारी विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
आफ्नी छोरी सुजितालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै सुजिताको आमा अम्बिका भण्डारीले जाहेरी दिएकी छिन । जिल्ला प्रहरी कार्यालय, चितवनमा उनले साउन ६ गते शुकदेवको नाममा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको हो ।
असार ११ गते सुजिता बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएको दश दिनपछि असार २० गते घर नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।
शारिरीक सम्बन्धले निम्त्याएको सुजिताको मृत्यु ,आफ्नै ठूलो बुबाको छोरा पक्राउ
शारिरीक सम्बन्धले निम्त्याएको सुजिताको मृत्यु ,आफ्नै ठूलो बुबाको छोरा पक्राउ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु