काठमाडौं । छुट्टाछुट्टै स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । पर्सा, वीरगंज महानगरपालिका–१६ मितेरीपुल तल सिर्सिया नदीको डिलमा सोही महानगरपालिका–१२ बस्ने ३५ वर्षीय धर्मेन्द्र तिवारी मृत अवस्थामा फेला परेका छन् ।
बाग्लुङ, गल्कोट नगरपालिका–८ बिरकोट बस्ने ३६ वर्षीय यामबहादुर परियार आफ्नै घरबाट करिब २ सय मिटर टाढा कुलोमा मृत अवस्थामा फेला परेका छन् । खेतको पानी लगाउन भनी घरबाट हिँडेकोमा अबेरसम्म घर नफर्कीएपछि खोजी गर्ने क्रममा उक्त कुलोमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
काभ्रे, धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाइसकिलो भन्ने ठाउँमा रहेको मानव समाज कल्याण सेवा गृहमा बस्दै आएकी सिन्धुली घर बताउने ५५ वर्षीय बिरबल तामाङ सुतेकै अवस्थामा मृत फेला परेका छन् ।
तनहुँ, शुक्लागण्की नगरपालिका–३ हटिया डेरा गरी बस्ने उदयपुर सिचाई गाउँपालिका–९ घर भएका ३६ वर्षीय कैलाश राई सोही ठाउँ बस्ने राजन रिमालको घरमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
कञ्चनपुर, बेदकोट नगरपालिका–२ चुरेक्षेत्रको फेदमा हाल नाम, थर र उमेर नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् ।
डडेल्धुरा, पर्शुराम नगरपालिका–४ शेर्पाथलास्थित रङ्गुन खोलाको किनारमा हाल नाम, थर नखुलेका करिब २२ वर्षीया महिलाको शव बिहीबार फेला परेको छ ।