चितवन । चितवन माडीमा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
माडी नगरपालिका वडा नम्बर १ पाण्डव नगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।