चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ फेला परेका शब नेपाली सेनाका हुद्धाको रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले मृतक धादिङ्ग निलकण्ठ नगरपालिका घर भएका नेपाली सेनाका महेन्द्र दल गण टोखामा कार्यरत हुद्धा भरत गुरुङ्ग रहेको बताए । बिहान घटनास्थल वरपर गोलीको खोका देखिएको थियो ।
मृतकको टाउकोमा चोट लागेको छ । घटना गएराति भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनी जग्गा खरीद बिक्रीको शिलशिलामा चितवन आएको प्रहरीको प्रारम्भिक अनुमान छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीलेजनाएको छ । बिहान सवा ८ बजे उनको शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।