भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले बर्षामा नारायणीलगायतका नदी–खोला, नहर, पानी जम्ने पोखरीजस्ता ठाउँमा बगेर–डुबेर मानिसहरुको मृत्यु भएका घटना दोहोरिएको भन्दै यस्ता ठाउँहरुमा नजान र जानै परे पूर्ण सावधानी अपनाउन अपिल गरेको छ ।
प्रहरीले सम्पूर्ण चितवनवासी अभिभावकलाई सचेत गराउँदै आफ्ना बालबालिकाहरुलाई नदी–खोला, नहर तथा पानी जमेको पोखरीहरुमा खेल्न तथा नुहाउन जान नदिन अनुरोध गरेको छ ।
बुधबार दिउँसो भरतपुर–२, क्षेत्रपुरस्थित नहरमा डुबेर दुई बालकको मृत्यु भएपछि आफ्ना बालबच्चाको निगरानी गर्न र नदी–खोला, नहर, पानी जम्ने पोखरीजस्ता ठाउँमा जान नदिन अपिल गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।