चितवन । क्षेत्रपुर स्थित एक नहरमा चिप्लिएर दुई किशोर वेपत्ता भएका छन । वेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २ का अंकित जोशी र विवेक शर्मा रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विवेक शर्मा सोही स्थानको खुल्ला चौरमा क्रिकेट खेलेर ३ बजेर ५५ मिनेटको समयमा नजिकैको नहरमा हात खुट्टा धुने क्रममा चिप्लिएका थिए ।
उनलाई बचाउन जानेक्रममा अंकित जोशी पनि वेपत्ता भएको प्रहरीले जनाएको छ । डुबेको जानकारी पाउने बित्तिकै प्रहरीले चिप्लिएको ठाउंँभन्दा २०० मिटर परबाट उद्धार गरेको थियो । उद्धार गरी अस्पताल पठाइएकोमा अस्पतालले दुबैजनाको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।