चितवन। भरतपुर महानगरपालिकाबाट सूचना पाउन मुस्किल भएको छ। महानगरपालिकाको वेवसाइटमा राखिएको सूचना अधिकारी मेनका पण्डितको मोबाइल नम्बर महिनौंदेखि निषेधित गरिएको अवस्थामा छ।
वेवसाइटमा राखिएको पण्डितको मोबाइल नम्बर ९८५५०४९३०० मा फोन गर्दा ‘माफ गर्नुहोला, हाललाई यो नम्बर निषेधित गरेको छ’ भन्ने जवाफ आउँछ। महानगरको वेवसाइटमा रहेको सूचना अधिकारी पण्डितको फोन नम्बर परिवर्तन भएको हो वा महानगरपालिका कार्यालयमा सूचना अधिकारी नै नभएको भन्ने अन्योल छ।
वेवसाइटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको पनि मोबाइल नम्बर छैन। वेवसाइटमा राखिएको उनको कार्यकक्षको ल्याण्डलाइन फोन नम्बरमा फोन लागे पनि उनीसँग सम्पर्क हुन सक्दैन ।
भरतपुर महानगरमा सम्बन्धित निकायको फोन नलाग्दा सेवाग्राही तथा सञ्चारकर्मीलाई सूचना पाउन समस्या भइरहेको गुनासो आइरहेको छ।

