चितवन । रत्ननगर नगरपालिकाको ११औं नगर सभाको दोस्रो बैठक नेकपा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । योजना तथा बजेट निर्माणमा एकलौटी गरेको भन्दै एमालेले नगर सभाको दोस्रो बैठक बहिष्कार गरेको हो ।
एमालेबाट उपमेयरमा निर्वाचित यादवप्रसाद पाठक, वडाध्यक्ष तथा वडा सदस्यहरु नगर सभामा उपस्थित नभई बैठक बहिष्कार गरेका हुन् ।

