चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ५, चौकीडाँडामा रहेको एक घरमा सोमबार आगोलागी भएको छ । स्थानीय भाइजी झाको घरमा आगोलागी भएको हो । राति २ बजेबाट सुरु भएको आगोलागीबाट घर पूर्णरुपमा क्षति भए पनि अन्य मानवीय क्षति भने नभएको एक स्थानीयले बताए ।
रातको समय भएकाले सामानहरु सुरक्षित स्थानमा सारेर पनि बचाउन नसकेको र सबै सामानहरु जलेर नष्ट भएको आगोलागी पिडित भाइजी झाले बताए । घरभित्र रहेको आवश्यक कागजपत्र, कामबाट कमाएर घर भित्र सुरक्षित राखेको २५ हजार रुपैयाँलगायत लत्ताकपडा तथा खाद्यान्नका सामानहरु सबै जलेर नष्ट भएको उनले बताए ।
दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगोलागीबाट सामानहरू पूर्णरूपमा क्षति भएको छ । विद्युत सर्ट भएर आगोलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पेसाले इलेक्ट्रिसियन झा आफ्नो भाइबुहारीसँगै एउटै परिवारमा बस्दै आएका थिए ।

