चितवन । बाघले आक्रमण गरेर मृत्यु भएकी गिताको बिषयमा निकुञ्ज क्षेत्रमा आगलागी गरेको आरोपमा निकुञ्ज प्रशासनले एक युवकलाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका वडा नम्बर ५ निवासी बर्ष २६ को अर्जुन भनिने खड्क बहादुर श्रेष्ठलाई पक्राउ परेका हुन् । गीता अधिकारीलाई बाघले आक्रमण गर्दा निकुञ्जले वेवास्ता गरेको भन्दै परिवार र स्थानीय आक्रोशित भएका थिए ।
असार ७ गते निकुञ्ज कार्यालयमा आगजनी तथा तोडफोड गरेको आरोपमा निकुञ्ज प्रशासनले एक युवकलाई मंगलवार बिहान फक्राउ गरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
असार ७ गते बाघको आक्रमणबाट स्थानिय गिता अधिकारीको मृत्युको बिषयलाई लिएर स्थानीयले निकुञ्जको सौराहा स्थित कार्यालयमा आगजनी तथा तोडफोड गरेका थिए ।
जनकौली मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्दा रत्ननगर नगरपालिका वडा नम्बर ५ निवासी बर्ष ३२ की गिता अधिकारीको मृत्यु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय नजिकै बाघले आक्रमण गर्दा समेत निकुञ्ज प्रशासनले उद्धारमा चासो नदिएर ढिलाई गरेको भन्दै स्थानियले आक्रोशित भएर तोडफोड गरेका थिए ।