चितवन । चितवनमा एक बर्षको अवधिमा ३८ हजार ६२२ वटा सवारी साधन कारबाहीमा परेका छन । जसबाट ३ करोड ३० लाख ३७ हजार राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक बर्ष ०७७,०७८ को असार मसान्तसम्म ती सवारी साधनबाट उक्त राजश्व संकलन गरेको हो ।
सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा
जिल्लामा गरिएको सवारी कारवाहीमध्ये एकबर्षमा सबै भन्दा बढी मोटरसाइकल कारवाहीमा परेका छन । भने सबैभन्दा कम कारवाही कम टेक्टर कारवाहीमा परेका छन । ट्राफिक प्रहरीले सो अवधिमा ११ हजार २३१ वटा मोटरसाइकल कारवाही गरेको थियो भने एकहजार ४८३ टेक्टरलाई कारवाही गरेको थियो । मोटरसाइकल कारवाहीबाट कार्यालयले ९४ लाख ५५ हजार पांँचसय रुपैंया र टेक्टर कारवाहीबाट १२ लाख ८८ हजार रुपैया राजश्व संकलन गरेको थियो ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले मोटरसाइकलको संख्यानै बढी भएकोले सोही अनुपातमा ट्राफिक उल्लंघन बढी मोटरसाइकलको भएको बताए । ‘संख्यानै बढी छ मोटरसाइकलको उल्लंघन बढी पनि मोटरसाइकल चालकलेनै गरेका छन ,उनले भने, ट्याक्टरको संख्या पनि कम छ । राजश्व संकलन पनि कम हुन्छ ।’
यस्तै दोस्रो धेरै कारवाहीमा जीप र कार रहेका छन । कार्यालयले ९हजार ७८४ वटा जीपकार कारवाहीबाट ८५ लाख २८ हजार पांँचसय रुपैयांँ, ८हजार ८५ वटा ट्रकट्रिपर कारवाहीबाट ७१ लाख ९६ हजार रुपैयांँ ,४ हजार २सय ८४ बस ÷माईक्रोबाट ३६ लाख ९१ हजार पांँचसय रुपैयांँ र ३ हजार ७सय ८२ टेम्पोबाट २८ लाख ७७ हजार पांँचसय रुपैयांँ संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष ७६÷७७ मा ३० हजार ८५९ कारवाही गरी २ करोड ३१ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयका प्रमुख थापाले अघिल्लो निशेधाज्ञा भन्दा यसपटक भएको निशेधाज्ञा खुकुलो भएकोले सवारीको कारवाहीको संख्या संँगै राजश्व संकलन पनि बढेको बताए । ‘निशेधाज्ञा पनि खुकुलो भयो, लापरवाही र ट्राफिक उल्लंघनका घटना पनि बढे । थापाले भने । बिशेषगरी ट्राफिक प्रहरीपनि कोरोना जोखिम न्यूनिकरणमा बढी केन्द्रीत हुनुपरेको र यसको गलत फाईदा उल्लंघन गर्नेले गरेको थापाको भनाई छ ।