साउन । दाङमा प्रहरीले लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका १ बस्ने ३२ वर्षका लोकमान सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
रेडपाण्डाको छालाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सुनारलाई सोमवार दिउँसो १२ बजे घोराही उपमहाहानगरपालिका ११ खैरामा पक्राउ गरिएको हो ।
सुनारबाट प्रहरीले ३ फिट ३ इञ्च लाम्बाई भएको रेडपाण्डाका छाला र उनी सवार रा ४ प ९४५० नम्बरको मोटसाइकल नियन्त्रणमा लिएको छ ।
सुनारमाथि थप अनुसन्धान भइरहेको डिएपी रिजालले बताएका छन् । केही दिनअघि पनि प्रहरीले दाङमा अर्का एक जनालाई रेडपाण्डाको छालासहित नियन्त्रणमा लिएको थियो ।