गैँडाकोट । चितवनको रत्ननगर नगरपालिका ३ बस्ने २८ वर्षका सुनिल तामाङ आइतबारदेखि बेपत्ता भएका छन् ।
गैँडाकोट नगरपालिका वडा नं. १ ब्रिटिस क्याम्पबाट आइतबार बिहान आफ्नो साथी शंकर चौधरीलाई फोन गरी तामाङले नारायणी नदीमा हाम फाल्छु भनेका थिए । उक्त जानकारी तत्काल गैँडाकोट प्रहरीलाई गराइएका थियो । हालसम्म युवक फेला पर्न नसकेका इलाका प्रहरी कार्यालय गैँैडाकोटले जनाएको छ ।
प्रहरी टोली घटनास्थलमा गई खोजतलास गर्दा सुनिल तामाङले प्रयोग गरेको ना २२ प ६१२१ नम्बरको होण्डा साईन मोटरसाइकल, पछाडि भिर्ने झोला, २ थान मोबाइल र केही कागजात फेला परेको गैँडाकोट प्रहरीले जनाएको छ । तामाङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।