चितवन । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका छन् । केही दिनअघि मात्रै सामाजिक सञ्जाल (टिकटक)मा भिडियो सार्वजनिक गरेका शर्मालाई भाइरल हुन समय नै लागेन ।
कार्यकक्षमा बसेर भिडियो बनाएका शर्माको भिडियो सार्वजनिक भएसँगै उनको पक्ष विपक्षमा टिप्पणी आइरहेका छन् । सामाजिक सञ्जालमा केही व्यक्तिहरुले उनलाई कार्यालय समयमा कार्यकक्षमा बसी सेवाग्राहीको काम नै नगरी टिकटक बनाएको आरोप लगाएका छन् । भने केहीले सरकारी काम पनि रमाउँदै गर्न सक्ने भनेर तारिफ गरेका छन् ।
सरकारी पद्मा बसेर जनताको सेवा गर्नु मूख्य काम हो । तर, सरकारी पद्मा बसेका कर्मचारीको आफ्नो व्यक्तिगत जिवन हुँदैन र ? के राष्ट्र सेवकहरु रमाउनै नपाउने हुन् र ? वास्तवमा शर्माले सरकारी काम पनि दिक्क नमानी रमाएर गर्न सकिन्छ भन्ने सन्देश उनको टिकटक भिडियो मार्फत प्रस्तुत गरेका थिए । सामाजिक सञ्जाल भन्ने बितिकै नराम्रो नै हुन्छ भन्ने छाप परेको हाम्रो समाजलाई शर्माको भिडियो पनि नराम्रो लाग्नु स्वभाविक नै हो । तर, यो गलत मानसिकताबाट हाम्रो समाज कहिले माथि उठ्ला ?
सरकारी पद्मा बसेर जनताको सेवा गर्नु मूख्य काम हो । तर, सरकारी पद्मा बसेका कर्मचारीको आफ्नो व्यक्तिगत जिवन हुँदैन र ? के राष्ट्र सेवकहरु रमाउनै नपाउने हुन् र ? वास्तवमा शर्माले सरकारी काम पनि दिक्क नमानी रमाएर गर्न सकिन्छ भन्ने सन्देश उनको टिकटक भिडियो मार्फत प्रस्तुत गरेका थिए ।
सरकारी कार्यालयका कर्मचारीले पनि सामाजिक सञ्जालमा रमाउन पाउनुपर्छ । तर, कार्यालय समयमा सेवाग्राहीलाई रोकेर यस्ता क्रियाकलाप गर्नु चाहिँ गलत हो । उनले बनाएका भिडियोहरुमा नकारात्मक विषयवस्तु पनि समेटिएको देखिँदैन । मानिसको हेर्ने दृष्टिकोण सकारात्मक र नकारात्मक हुन्छ । अहिले सामाजिक सञ्जालमा उनको भिडियो सार्वजनिक हुँदा नकारात्मक भन्दा सकारात्मक पक्ष नै बढि देखिएको छ ।
सहायक सिडिओको टिकटक भिडियोमा विभिन्न टिकाटप्पणी आइरहँदा सरकारी पद्मा रहेका सबै कर्मचारीहरु जनताको सेवामा समर्पित हुदै आफु पनि स्वतन्त्र हुन पाउनुपर्छ र रमाउन पाउनुपर्छ भन्ने र सरकारी कर्मचारीले पद र मर्यादा भुल्नुहुन्न भनेर सुझाव दिने मिश्रित रहेका छन् । सहायक सिडिओलाई सकारात्मक र नकारात्मक टिप्पणी दुवै आइरहेका छन् ।
यदी सहायक सिडिाओ शर्माले सेवाग्राहीको काम नगरी टिकटकमा अल्झिएका हुन् भने, त्यो पक्कै खेदजनक हो । तर खाजा खाने समयमा केही समय वा कार्यालय समय अघिपछि आफु रमेका हुन् भने त्यस्लाई ठूलो विषय बनाउन कदापी हुदैन ।
जिल्ला प्रशासनमा काम पक्कै धेरै हुन्छ तर सहायक सिडिओ शर्माले भने सेवाग्राहीलाई यथावत राखेर आफुले टिकटक नबनाएको बताउँछन् । उनले बिहान कार्यालय पुगेर सेवाग्राही कार्यालयमा नआएका बेला भिडियो बनाएको बताउँछन् । उनी भन्छन् ‘कार्यालय समयमा मेरो काम रोकिएको छैन् । भिडियोमा कन्टेन्ट नराम्रो भएजस्तोे पनि मलाई लाग्दैन । कार्यकक्षमा भिडियो बनाउँदा नकारात्मक सन्देश गएछ ।’
सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भिडियो भाइरल भएपछि उनको विरोध जनाउँदै गृह मन्त्रालयसम्म कुरा पुगेको उनी बताउँछन् । उनले अहिले भाइरल भएको उक्त भिडियो आफ्नो टिकटक अकाउन्टबाट हटाएका छन् । उनलाई कार्यकक्षमा बनाएको भिडियो घाँटीमा अड्किएको हड्डी निल्नु न ओकाल्नु भनेजस्तै भएको छ ।