काठमाडौं । सिन्धुलीमा मिनिबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् ।
सुनकोसी गाउँपालिका–२, टुप्पीडाँडामा भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका हुन् । घाइते हुनेमा उदयपुरको वेलका नगरपालिका–४ का ३० वर्षीय देवराज अधिकारी रहेका छन् । घाइतेलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।
अधिकारी ट्राफिक प्रहरी पोस्ट नेपालटारमा कार्यरत ट्राफिक कर्मचारी रहेको खुल्न आएको छ । मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने सकुशल छन् ।
उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १ ०२ ०४३ प ५५४७ नम्बरको मोटरसाइकल र को१ज ३१९५ नम्बरको मिनिबस आइतबार साँझ पौने ७ बजे आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।