चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७७, ०७८मा गरिएको निशेधाज्ञाको समयमा ४५ जनाले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार गएको बैशाख १६ देखि असार १८ गतेसम्म तीन महिनाको अवधिमा उक्त संख्यामा घटना भएको हो । ती मध्ये ३६ जनाको भुण्डिएर मृत्यु भएको छ भने बिष सेवनबाट ९ जनाको मृत्यु भएको छ ।
भुण्डिएर आत्महत्या गर्नेमा पुरुष बढी
निशेधाज्ञाको समयमा सबैभन्दा बढी पुरुषले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । जसअनुसार भुण्डिएर आत्महत्या गर्ने २२ जना पुरुष रहेका छन भने बिष सेवनबाट ३ जना पुरुषको मृत्यु भएको छ । यस्तै भुण्डिएर १२ जना महिलाले आत्महत्या गरेका छन भने बिष सेवनबाट ६ जना महिलाको मृत्यु भएको छ । सो अवधिमा एकजना बालक र एकजना बालिकाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याँंक छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी पहिले हुने गरेका आत्महत्याको प्रकृति पछिल्ला दिनमा भएका आत्महत्याका घटनाहरुमा परिवर्तन आएको बताउंँछन । ‘पहिले आत्महत्याको कारण गरीबी,मायाप्रेम , विछोड हुन्थ्यो अधिकारीले भने, अहिले मुख्य कारण सामाजिक सञ्जाल र दुव्र्यसनी भएको छ ।’ उनका अनुसार पुरुषहरु महिलाको तुलनामा बढी जिम्मेवार र दबाबमा पर्ने र दुव्र्यसनी र गम्भिर प्रकृतिका रोगका शिकार भएका कारण पनि आत्महत्या गर्ने गरेका हुन । पछिल्लो समय मानिसहरु रचनात्मक कामभन्दा बढी जीवन र मरणका बारेमा चिन्तन गरेका कारण तुलनात्मक रुपमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको उनको भनाई छ । ‘सामाजिक सञ्जालमा हत्या , आत्महत्या ,बलात्कार बढी बिषयबस्तु बढी आउंँदा यसले सचेतना भन्दा यस्ता घटना गर्न गराउन अभ्यस्त हुन बल पुग्यो ।’ प्रहरी उपरीक्षक अधिकारीले भने ।
विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका समाजशास्त्र संकायका प्राध्यापक होमनाथ अधिकारी आत्महत्याको मुख्य कारण आर्थिक समस्यानै भएको बताउंँछन । ‘आत्महत्याको कारण उमेर समुह अनुसार फरक हुन्छ ,उनले भने, अधिकांश आत्महत्या आर्थिक र पारिवारिक समस्याले हुने गर्छ ।’ उनका अनुसार निशेधाज्ञाको समयमा आर्थिक समस्या बढ्नु, रोजगारी गुम्नु , सामाजिक प्रतिष्ठा, विकल्प नपाउनु , ऋणको प्रेसर बढ्दै जानु , समाजमा कसैको सहयोग नपाएको कारण पनि आत्महत्या हुने गरेको हो । ‘युवाहरुमा आत्महत्या बिशेषगरी विछोड, कुलत बाट हुने गरेको छ , उनले भने, विवाहित पुरुषको हकमा परिवारमा बढी जिम्मेवारी र व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्छन । ’
फा्रन्सेली समाजशास्त्री इमाइल दुर्खिमको सिद्धान्तलाई व्याख्या गर्दै अधिकारीले भने, ‘बिशेषगरी डिप्रेसन बढ्दै जांँदा एक्कासी मानिसले आत्महत्या गर्छ र आत्महत्या पछिको नतिजा उसले हेर्दैन पनि मतलब गर्दैन पनि । ’
भरतपुर अस्पतालका मानसिक रोग विभागका चिकित्सक डाक्टर सुनील शाह सामाजिक र आर्थिक कारण आत्महत्याका सहयोगी कारण भएपनि मुख्य कारण भने ड्रिप्रेशन नै भएको बताउंँछन । ‘धनी मान्छेले आत्महत्या गर्दैन र गरीब मान्छेले आत्महत्या गर्छ भन्ने बिल्कुल गलत हो उनले भने, मान्छे सुखी भन्दा पनि खुशी छ किै छैन भन्ने बिषयले अर्थ राख्छ ।’ आत्महत्या बिशेषगरी योजनाबद्ध तथा झोंकमा गरिने मानिसको व्यवहार र आचरणमा भरपर्ने उनले बताए । आत्महत्या बढ्नुको कारण बिशेषगरी दुव्र्यसनी, सचेतनाको कमी, सहयोग पाउने स्थान कतै नपाउनु र कतिपय घटना वंशाणुगत गुणसंँग पनि सम्बन्धित हुने गरेको शाहले बताए ।
चोरीको घटनामा न्यून बृद्धि
जिल्लामा आर्थिक बर्ष ०७६,०७७ को तुलनामा आर्थिकबर्ष ०७७ , ०७८मा चोरीको घटनामा न्यून बृद्धि भएको पाईएको छ । कार्यालयले दिएको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षमा ६० वटा चोरीका घटना भएका थिए । उक्त बर्षमा चोरीको घटनामा ९८ जना व्यक्तिलाई पक्राउ गरेको थियो । उक्त घटनामा ९६ जना पुरुष र दुईजना महिला संलग्न थिए ।
गत आर्थिक बर्षको ज्येष्ठ मसान्तसम्म ११ महिना सम्म चोरीको संख्या बढेर ६८ वटा पुगेको छ ।
गतबर्षमा चोरीको घटनामा १०३ जना व्यक्ति पक्राउ परेका थिए । ती मध्ये ९६ जना पुरुष, तीनजना महिला र ४ जना बालक संलग्न थिए ।
अधिकांश चोरीको घटनामा सुनचांँदीका गरगहना, नगद, मोटरसाइकल , दैनिक उपभोग्य पसलका सामानहरु चोरिएको पाईएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । पछिल्ला समयमा साना साना चोरीका घटनाको कार्यालयमा जानकारी आउने र प्रहरीले पनि यस्ता विषयमा बढी अनुसन्धान गर्ने भएकोले चोरीका घटना संँगै अभियुक्तको संख्या पनि बढी देखिएको उनले बताए ।