चितवन । भरतपुर महानगरलाई १ बिघा ७ कठ्ठा जग्गा प्राप्त भएको छ । भरतपुर–१० ओरालोमा नेपाल नेत्रज्योति संघ चितवनले भोगचलन गर्दै आइरहेको एक बिघा १५ धुर जग्गा भरतपुर महानगरलाई प्राप्त भएको हो ।
आज महानगरपालिकामा आयोजित एक कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र नेपाल नेत्रज्योति संघ, चितवनका अध्यक्ष कृष्णराज धरेलले जग्गा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

