काठमाडौं । चितवन र तनहुँमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।
चितवनको माडी नगरपालिका–१, चितवन राष्ट्रिय निकुञ्जस्थित नारायणी नदीको भंगालोमा हाल नाम, थर, वतन, नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको व्यास नगरपालिका–७, दुलेपानीस्थित मादी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।