भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ४ को एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ । आज दिउसो पौने आज दिउसो १ बजेर १० मिनेट जांँदा नवदुर्गा चोक स्थित तेज प्रसाद न्यूरेलेले सञ्चालन गरेको तेज इन्टरप्राइजेज फर्निचर कारखानामा आगलागी भएको हो ।
हाल भरतपुरको दुईवटा भरतपुर महानगरपालिका को दुईवटा दमकल र खैरहनी नगरपालिकाको एकवटा दमकलले आगो निभाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । उनका अनुसार फर्निचर कारखानामा अचानक विद्युत सर्ट हुंँदा आगलागी भएको र नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।