मकवानपुर । मकवानपुरमा ९ किलो बालकसहित दुई बालक पक्राउ परेका छन । पक्राउ पर्नेमा कैलाश गाउंँपालिका वडा नं ४ झ्याङ्ने बस्ने अंन्दाजी वर्ष १५ को सन्तोष न्यौपाने र सोही स्थानका १४ बर्षका सागर मोक्तान रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार आज सांँझ ६ बजेको समयमा अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षककोे कमाण्डमा खटिएको चेकिङ टोलीले कैलाश गा.पा. वडा नं ९ नामटार स्थित पैदल हिडिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले बोकेको पछाडी भिर्ने झोलामा शंका लागि हेर्दा लुकाई छिपाई ल्याउदै गरेको २ पोको लागुऔषध गाँजा ९ किलो फेला परेको हो । लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।