चितवन । २२ लाख रुपैयांँ जरिबाना तोकिएका बैंकिङ्ग कसुर मुद्धाका एक फरार प्रतिवादी भरतपुरबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का भरतराज खनाल रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उच्च अदालत पाटनको २०७७ साल फाल्गुण महिना ३ गतेको फैसलाले उनलाई ‘बैकिङ कसुर मुद्दा मा २२ लाख रुपैयांँ ८दिन कैद संँजाय तोकेको थियो ।े
निगरानी तथा खोजतलास गर्ने क्रममा आज दिउसो सवा १ बजे भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित शरदपुरमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । उनलाई चितवन जिल्ला अदालत उपस्थित गराईएको प्रहरीले जनाएको छ ।