चितवन । भरतपुरमा रहेको युनाईटेड अटो कन्सर्नले चितवनको बजारमा एसयुभी रेनाल्ट कम्पनीको ‘किगर’ कार सार्वजनिक गरेको छ । चितवन र आसपासका जिल्लालाई लक्षित गर्दै उक्त भर्सनको कार सार्वजनिक गरेको हो । आज एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ,चितवन अटो मोबाइल डिलर एशोसियनका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले सार्वजनिक गरेका हुन् ।
सो कार्यक्रममा बोल्दै उवासंघ चितवनका अध्यक्ष श्रेष्ठले चितवनमा भएको गतिको विकासका कारण नीजि गाडीको बजार र चढ्नेको संख्या सँगै पनि बृद्धि हुंँदै गएको बताए ।
पछिल्ला बर्षहरुमा चितवन हरेक क्षेत्रको हब र यहांँ विभिन्न पेशा व्यवसायमा समेत आकर्षण बढेकोले अटोमोबाईल व्यवसायको व्यवसाय पनि फष्टाउंँदै गएको बताए । तराईको जिल्ला र फराकिला र चिल्ला सडक भएकोले पनि नीजि गाडी किन्नेको संख्या बढ्दै गएको उनले बताए । यो कम्पनीको गाडीको माइलेज बढी र तुलनात्मक रुपमा अन्य कम्पनीका गाडीको मुल्य सस्तो भएकोले बिक्री बढ्ने विश्वास व्यक्त गरे ।
अटोमोबाइल डिलर एशोसियसन, चितवनका अध्यक्ष श्रेष्ठले यस कम्पनीका सञ्चालकहरु अनुभवी र दक्ष भएकोले यस कम्पनीको गाडीले बजार लिन सफल भएको बताए ।भारतमा समेत यो ब्राण्ड र भर्सन गाडी लोकप्रिय भएकोले नेपालमा पनि यसले ग्राहकको मन सजिलै जित्ने बताए ।
युुनाईटेड आटो कन्सर्नका सञ्चालक राजन पियाले २० बर्ष अगाडि आफूले शोरुम स्थापना गर्दा गा्रहकहरु घरघरमै खोज्न हिड्नुपरेपनि अहिले नीजि गाडीेको बजार सहजै पाउन सकेको बताए ।
रिनल्टको किगर भर्सन गाडी कम्पनीको लागि पांँचौ भर्सनको गाडी सार्वजनिक गरिएको र ६ बर्षको अवधिमा मात्रै यो कम्पनीका पांँचसय गाडी बिक्री गर्न सफल भएको उनको भनाई थियो । उनले रिनल्ट कम्पनीको गाडी चितवनमा ह्युण्डाई र मारुती पछि तेस्रो नम्बरमा बजार ओगटेको बताए । चितवनमा सडक देखि अन्य सेवा सुविधा भएको सुगम जिल्ला भएकोले काठमाडौं पछि नीजि गाडीको बजार चितवनले ओगट्न सफल भएको पियाको भनाई थियो ।
किगर भर्सनमा चार मोडल र मुल्यका कार रहेका छन । यसको न्यूनतम मुल्य २८ लाख ४९ हजार देखि ३८ लाख १९ हजार सम्म रहेको कम्पनीले जनाएको छ । यस गाडीमा अटोमेटिक क्लाईमेट कन्ट्रोल, मल्टी फंगसनल स्टेरिङ्ग, क्रुज कन्ट्रोल लगायतका फिचर रहेको कम्पनीका विजनेश प्रमुख सञ्जीव अधिकारीले जानकारी दिए । ६ कलर भेरियन्टमा उपलब्ध हुने किगरमा १ दशमलब शुन्य एस्पायर्ड, १ दशमलब शुन्य टर्बो इञ्जिन अप्सन , राम्रो ग्राउण्ड क्लियरन्स, क्लियर भिजिबिलिटी र आरामदायी सिट रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले सार्वजनिक गरिएको अवसर पारेर पहिलो बुकिङ्ग र खरीद गर्ने २० जना ग्राहकलाई २० हजारको एक्सोसोरिज, निशुल्क बीमा र सडक कर छुट गरिने अधिकारीले जानकारी दिए ।

