काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशद्वय डा. प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले नेता वलीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
जिल्ला अदालत ललितपुरले वलीलाई हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा २०७६ को जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

