चितवन । बैकिङ्ग कसुरमा अदालतले दुईकरोड ५६ लाख जरिवाना तोकिएका एक फरार व्यक्ति चितवनबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा स्थायी घर दमक नगरपालिका वडा नम्बर १६, झापा र अस्थायी ठेगाना काठमाण्डौ चन्द्रागिरी नगरपालिका .वडा नम्बर १५ तीनथाना बस्दै आएका गोपाल प्रसाद ढुङगेल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार उच्च अदालत पाटनले २०७७ साल चैत्र २२ गतेको फैसलाले बैकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड छपन्न लाख रुपैया जरिवाना गरेकोमा उनी फरार रहेका थिए । उनी हाल चितवनमा बसेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा आज बिहान सांँढे ९ बजेतिर रत्ननगरनगरपालिका वडा नम्बर ११ जिरौनाबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी चितवन जिल्ला अदालत उपस्थित गराईएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।