भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढ मेनरोड सडकको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले निरिक्षण गर्नुभएको छ । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, संघका पदाधिकारी, संघका पूर्व अध्यक्ष, स्थानीय वडा नम्बर १ अध्यक्ष जयराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर भरत आचार्य लगायतको टोलीले सडकको निरिक्षण गरेको हो ।
निरिक्षण पछि सडकको स्तरोन्नती सम्बन्धी छलफल भएको थियो । छलफल कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन जिल्लाको ऐतिहासिक एवम् व्यवसायिक हिसावले निकैनै महत्वपूर्ण रहेको मेनरोडको विस्तार तथा विकासले समग्र जिल्लाको सामाजिक एवम् आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
छलफल कार्यक्रममा अध्यक्ष श्रेष्ठले यसको स्तरोन्नतीका लागि ढिला नगरी काम शूरु गर्नका लागि महानगर प्रमुख दाहाल संग अपिल गरे । प्रमुख रेनु दाहालले मेनरोडको स्तरोन्नतिको कार्यको लागि प्रक्रिया अगाडि बढि सकेको भन्दै आर्थिक बर्ष २०७८÷२०७९ को पहिलो चरणबाटनै काम शुरु हुने बताइन् ।
दाहालले सडकको स्तरोन्नती संगसंगै नेपालमै पहिलो पटक सो क्षेत्रमा विद्युतको तार अन्डरग्राउन्ड समेत गर्न लागिएको बताए । कार्यक्रममा वडा नम्बरका अध्यक्ष जयराम श्रेष्ठले वडाले सडकको विकास र विस्तारका लागि सहयोग गर्ने बताए । सोही कार्यक्रममा भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर भरत आचार्यले सडकको प्राविधक पक्षको वारेमा जानकारी गराएका थिए ।