काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।
बुधबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, केपी ओली नेतृत्वको सरकारसँग विप्लव नेतृत्वको पार्टीले गरेको सहमति लगायतका विषयमा छलफल भएको बताइएको छ ।
लामो समयपछि दुई नेताहरूबीच भेटवार्ता भएको हो ।