हेटौंडा । हेटौंडामा २०९ किलो लागुऔषध सहित भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले लागुऔषध ओसारपसार गर्ने मोतीहारीका रविन्द्र राय र सोही ठाउंँमा सहचालक मुक्तार सैफिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, हेटौंडाका अनुसार आज अपरान्ह २ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर. १५ रातोमाटे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा हेटौडा तर्फबाट बारा तर्फ जाँदै गरेको द्यच्ण्ज्ञन्न् ढद्धढछ को भारतीय ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त उक्त परिमाणमा बरामद भएको थियो ।
यसैगरी प्रहरीले बिहान ०७ः०० बजेको समयमा प्रहरीले ४० किलो लागुऔषध गांँजा सहित कन्टेनरका चालक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलकोटगढी वडा नम्बर ४ को दिपक गुरुङ्ग पक्राउ परेका हुन् । प्रहरीका अनुसार हेटौंडा उपनगरपालिका वडा नम्बर १९,नेवारपानी स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना ६ ख ३७४१ नं. को कन्टेनर गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा फेला परेको हो । उनीहरु सबैलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।