चितवन । जिल्ला ट्राफिक फ्रहरी कार्यालय चितवनले चालु आर्थिक बर्ष ०७७, ०७८ मा मोटरसाइकलको स्वरुप गर्ने धनीबाट कारवाही गरी ४ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार असार १५ गतेसम्म १८० वटा स्वरुप मोटरसाइकलको कारवाहीबाट ४ लाख १७ हजार रुपैंया संकलन गरेको हो । यस मध्ये स्वरुप परिवर्तन गरेका ९८ वटा मोटरसाइकललाई कार्यालयमै ल्याई कारवाही गरिएको थियो । जसबाट कार्यालयले २ लाख ९४ हजार रुपैयाां राजश्व संकलन गरेको थियो । यस्तै ८२ वटा त्यस्ता सवारीसाधनलाई सडकमै सम्झाई बुझाई र कारवाही गरी १ लाख २३ हजार रुपैयाां संकलन गरिएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाले स्वरुप परिवर्तन गर्ने , ठूला आवाज निकाल्ने , रंग बदल्ने,ह्याण्डल बदल्ने मोटरसाइकलहरुलाई कारवाही गरी उक्त राजश्व संकलन गरिएको जानकारी दिए ।ट्राफिक प्रहरीले कम्पनीका मापदण्ड अनुसार स्वरुप परिवर्तन गरेका ती मोटसाइकल को सामानहरु पहिल्यैकै अवस्थामा बनाएर छाड्ने गर्दछ । नियन्त्रणमा लिइएका ९८ वटा मोटरसाइकलका साइलेन्सर र ह्याण्डल गरी ३६ वटा सामान जिल्ला प्रहरी कार्यालय, चितवनमा बुझाईएको छ भने बांँकी सामान ट्राफिक कार्यालयले नियन्त्रणमा लिएर राखेको थापाले जानकारी दिए । यी सामान पछि लिलाम गरी राजश्वमा दाखिला गरिने उनको भनाई छ ।