चितवन । अवरुद्ध नारायणगढ– मुग्लिनसडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ स्थित चेपाङ्ग डांँडामा गएको पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार सोमबार बिहान ४ बजे गएको पहिरो निरन्तर रुपमा पन्छाएपछि ९ बजेबाट नियमित रुपमा सञ्चालनमा आएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले हिजो देखिनै पहिरो पन्छाई एकतर्फी रुपमा सडक सञ्चालनमा आएपनि आज बिहानबाट सञ्चालनमा ल्याईएको जानकारी दिए । ‘बिहान एकैछिन दुईतर्फीनै खोलेका थियौं फेरी रोकेर ९ बजेबाट नियमित सञ्चालनमा ल्याएका छौं ।’ थापाले भने ।
निरन्तर सुख्खा पहिरो झरिरहेका कारण सडक अवरुद्ध भएपछि नारायणगढ तर्फ १७ किलो सम्म सवारीसाधन जाममा फसेको र काठमाडौं तर्फ कुरीनटारसम्म जाम रहेको थापाले बताए । अत्याधिक सवारीको चाप भएपछि प्राथमिकताको आधारमा सवारीसाधन पास गराईएको छ । जसअनुसार एम्बुलेन्स,बिरामी बोकेका अन्य सवारीसाधन , पशुपंक्षी बोकेका गाडी, पेट्रोलियम तथा औषधीजन्य सवारीसाधनलाई पास गरिएको थापाले बताए । सवारी जाम र अव्यवस्थित भएपछि ट्राफिक प्रहरीले ओभरटेक नगरी आफ्नो लेनमा सवारीसाधन चलाउनुहुन समेत अनुरोध गरेको छ । केही दिन अघि मात्र सेती यही सडक खण्डको सेती दोभानमा पहिरो जांँदा झण्डै एकहप्ता सम्म सास्ती खेप्नु परेको थियो ।
चेपाङ् डांँडाको पहिरो पन्छाएपछि अवरुद्ध नारायणगढ –मुग्लिनसडक दुईतर्फी सञ्चालनमा
चेपाङ् डांँडाको पहिरो पन्छाएपछि अवरुद्ध नारायणगढ –मुग्लिनसडक दुईतर्फी सञ्चालनमा

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु