काठमाडौं । नेपाल टेलिकमको एउटा सर्भरमा साइबर आक्रमण भएको छ । चिनियाँ साइबर ह्याकरले टेलिकमको एउटा सर्भर ह्याक आक्रमण गरेका हुन् । आक्रमणबाट डाटा चोरी भए/नभएको पुष्टि हुन नसकेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।
उनका अनुसार यो आक्रमण कस्तो खालको हो र डाटा चोरी भए नभएको भन्नेबारे स्पष्ट हुन सकेको छैन । यद्यपि उनले साइबर आक्रमणमा परेको उक्त सर्भर लामो समयदेखि प्रयोगमा नरहेको दाबी गरे । “त्यो सर्भर लामो समयदेखि प्रयोगमा थिएन । हामी साइबर आक्रमण भएको जानकारी आए लगत्तै त्यो सर्भर बन्द गराएका छौँ,” उनले भने ।
उनले लामो समयदेखि बन्द रहेकाले डाटा चोरिएको हुन नसक्ने बताए । त्यसको छानबिन भइरहेको उनले बताए । साइबर आक्रमण भएको थाहा पाए लगत्तै दिउँसो ५ बजे अगाडि उक्त सर्भर बन्द गराएको उनले बताए ।
टेलिकमले मुख्य सर्भर सुरक्षित रहेको दाबी गरेको छ ।