चितवन।स्वतन्त्रबाट चितवनमा ३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् ।
आयोगले वैशाख ३० गते एकसाथ सबै चितवनका सबै ७ वटै पालिकामा निर्वाचन गरेको थियो । जिल्ला भरी ५०४ जना जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो ।
आयोगका अनुसार जिल्लाका सात पालिकामध्ये तीन पालिकामा मात्रै स्वतन्त्र तर्फका जनप्रतिनिधि निर्वाचित भएका छन्। स्वतन्त्र तर्फबाट निर्वाचित हुनेमा ३ वडाध्यक्ष रहेका छन् । राप्तीमा १, रत्ननगरमा १ र भरतपुर महानगरमा १ गरि कूल ३ जना निर्वाचित भएका हुन् ।

