दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधयेकको पुनर्लेखनको माग गर्दै पत्रकारहरुले प्रदेशसभा अगाडि धर्ना दिएका छन् ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आह्वानमा पत्रकारहरूले प्रदेशसभा अगाडि आइतवार धर्ना दिएका हुन् । लुम्बिनी सरकारले सञ्चार विधयेक प्रदेश सभामा लगेपछि महासंघका केन्द्रदेखि लुम्बिनी प्रदेश समिति र जिल्ला शाखाहरुले विरोध गर्दै आएका छन् ।
विधयेकमा प्रेस स्वतन्त्रता सम्बन्धी सच्च्याउनुपर्ने थुप्रै बुँदा रहेको भन्दै फिर्ता नलिएसम्म आन्दोलन जारी रहने पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले बताए ।
विधेयकमा पत्रकारलाई जेल सजाय र पत्रिकाको प्रकाशन बन्द गर्नसक्ने लगायत बुँदाहरु समेटिएका छन् ।
सञ्चार परिषदका अध्यक्ष मन्त्री र सदस्यहरु अधिकांश मन्त्रालयका कर्मचारीहरु रहने व्यवस्था छ ।