चितवन । भरतपुरमा माछा मार्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन ।
भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि गाडिएको ह्यूम पाईपभित्र छिरेका ३५ वर्षीय लाल बहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।
माछा मार्न ह्युम पाइपभित्र पसेका उनी बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो । आज १२ः२५ बजे ह्युम पाइपभित्र श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले डोजरको सहायतामा श्रेष्ठको शव फेला पारेको थियो ।