देवघाट । दश लाख रुपैयाँको लागतमा देवघाटको भूजेल वस्तीमा बालविकास केन्द्रको शिलान्यास गरिएको छ ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज सो केन्द्रको शिलान्यास गरेका हुन् । रोटरी क्लब अफ नारायणगढको सहयोग र गाउँपालिकाको सहकार्यमा सो केन्द्र बन्न लागेको हो ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज सो केन्द्रको शिलान्यास गरेका हुन् । केन्द्रको पुरानो भवनलाई भत्काएर नयाँ बनाउन लागिएको छ ।
भवनको गेट र तारबारको काम भने गाउँपालिका आफैले बनाउँदै छ । केन्द्रमा भुजले समूहका १५ बालबालिका अध्ययन गर्छन् ।
त्यसैगरी रोटरी क्लबको ग्लोबल ग्रयाण्डअन्तर्गत सोही ठाउँमा आज सिँचाइ र खानेपानीको वृहत सर्वेक्षण पनि भएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।