चितवन । नेकपा एमालेका नेता चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले चितवनको शक्तिखोरदेखि मझिमटारसम्म सुरुङमार्ग बनाउने कार्य रोकिएको बताएका छन् ।
शक्तिखोरदेखि मझिमटारसम्म जोड्ने सुरुङमार्गको कार्यक्रम एमाले नेतृत्वको सरकारको पालामा आएको स्मरण गर्दै सांसद पोखरेलले सो काम अहिलेसम्म अगाडि बढ्न नसकेको बताएका हुन्।
पोखरेलले यसवर्ष भित्र यसको डीपीआर बनाएर काम थाल्न सरकारलाई आग्रह समेत गरे ।
कांग्रेसको सरकारले एउटै निर्णयबाट भृकुटी कागज कारखानासहित १६ वटा उद्योग कमिसनको लोभमा बेचेको आरोप लगाउँदै सांसद पोखरेलले अहिले देशभित्र प्राविधिक शिक्षालाई अस्तब्यस्त बनाएर बार्षिक ५० देखि ६० अर्व स्वास्थ्य शिक्षाका नाममा विदेश पठाउने खेल भैरहेको टिप्पणी गरे ।

