काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का नेता माधवकुमार नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
शनिबार नेपाल निवास कोटेश्वर पुगी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै प्रचण्डले स्वास्थ्यलाभको कामना गरेको जनाइएको छ ।
नेता नेपाल केही दिनयता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहानुसार घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
स्वास्थ्य समस्याका कारण दुई नेताबीच आज संक्षिप्त भेट भएको भन्दै अरु विषयमा कुरा नभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले स्पष्ट पारेका छन् ।